१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरभित्रका सडकमा अब माग्न प्रतिबन्ध



अ+ अ-

काठमाडौं महानगरभित्रका सडकमा अब माग्न नपाइने भएको छ । महानगरले नेपाल प्रहरी, मानव सेवा आश्रमसहितका सरोकारवालाहरूसँग मिलेर महानगरलाई माग्नेमुक्त बनाउने अभियान सञ्चालन गरेको हो ।

शनिबारबाट सुरु भएको अभियानका क्रममा नयाँसडकस्थित संकटा मन्दिर, महांकाल मन्दिर, भद्रकाली मन्दिरलगायतका क्षेत्रमा माग्न बसेकाहरूलाई नबस्न आग्रह गरिएको छ । संकटा मन्दिर व्यवस्थापन समितिका अधिकारीहरूलाई पनि अभियानमा साथ दिन आग्रह गरिएको थियो ।

महानगरको सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘सडकमा बसेकामध्ये वास्तविक बेसहारा, अभिभावकविहीन र सडक आश्रित मानिसको पहिचान गर्ने गरी सातदिने सचेतनामूलक कार्यक्रम चलाएका छौँ ।’