१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम गर्ने स्थान खाली नहुँदा ढल निर्माण अन्योलमा



अ+ अ-

काठमाडौँ । हनुमन्ते नदीको दायाँबायाँ ढल निर्माणका लागि गरिएको ठेक्का सम्झौताको अवधि करिब १० महिना बाँकी रहँदा अझै काम गर्ने स्थान खाली हुन सकेको छैन । विसं २०२१ को नापीअनुसार नदी कायम भएको स्थानमा अहिले घरलगायतका संरचना बनेका छन् । त्यसैले नदी अहिले बगिरहेको स्थानलाई मानेर ढल निर्माण गर्ने कि पहिले भएको स्थानमा कायम गराएर निर्माण गर्ने भनी अन्योल रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका परियोजना निर्देशक भोजविक्रम थापाले बताउनुभयो ।

हनुमन्ते नदीमा २५ किलोमिटर ढल निर्माण गर्न सम्झौता भएकामा १६ किलोमिटर क्षेत्रमा निर्माण अघि बढे पनि झण्डै नौ किलोमिटर क्षेत्रमा समस्या रहेको छ । उहाँले भन्नुभयो, “बालकुमारीदेखि सागबारीको तल्लो क्षेत्रमा यस किसिमको समस्या रहेको छ ।” यस स्थानमा ढल निर्माणका लागि स्थानीयवासी र स्थानीय तहबाटसमेत आवश्यक सहयोग नभएको आयोजनाले जनाएको छ । ‘साइट’ पाउँदा काम तुरुन्त सम्पन्न गर्न सकिने भए पनि अहिले काम अघि बढ्न नसकेको निर्देशक थापाले बताउनुभयो ।

आयोजनाले काठमाडौँ उपत्यकाका नदी किनारामा ढल निर्माणको काम गरिरहेको छ । शहरी विकास मन्त्रालयले नदी किनारामा नै हरियाली क्षेत्र छुट्याएर करिडोर निर्माणलाई अघि बढाएको छ । मुख्य सडकको सवारी चाप कम गर्ने उपायका रुपमा करिडोरलाई हेरिए पनि ढल निर्माण नहुँदा सडक पनि अन्योलमा छ ।