१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेटी पढाऊ बेटी बचाऊ’ संगसंगै अब छोरी बीमा सप्ताह पनि गर्दै प्रदेश नं २



अ+ अ-

जनकपुरधाम । प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।

विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगी बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको छ ।

आगामी माघ २ गतेदेखि प्रदेशको आठ वटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका संयोजक प्रियङ्का यादवले बताए । उक्त शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने जनाइएको छ ।

माघ २ गतेदेखि शुरु हुने छोरी बीमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुनेछन् । यस अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरुको बीमा शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।