१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दो भयानक चिसो: शून्य डिग्रीसम्म झर्न सक्ने



अ+ अ-

देशभरको तापक्रम अझै केही दिन घट्ने भएको छ । आकाशमा कुहिरो, हुस्सु, तुवाँलो कम लागेकाले अझै चिसो बढ्ने अनुमान गरिएको हो । ‘अहिले मौसम सक्रिय भई बादल लाग्ने वा अरु कुहिरो हुस्सु थप बढ्ने सम्भावना छैन । आकाश जति खाली हुन्छ त्यति धेरै चिसो बढ्छ,’ जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ मीनकुमार अर्यालले भने, ‘काठमाडौंलगायत पहाडी, हिमाली क्षेत्रमा मौसम सफा छ । तराई क्षेत्रमा भने बिहान कुहिरो, दिउँसो तुवाँलो छ ।’

यस साताभर न्यूनतम २ डिग्रीदेखि शून्य डिग्रीसम्म चिसो झर्न सक्ने प्रक्षेपण गरिएको छ । तराईमा दुई सातादेखि बिहान कुहिरो र दिउँसो तुवाँलोले गर्दा नियमित घाम लाग्न सकेको छैन । ‘तराईमा शीतलहर चलेको छैन । पछिल्लो १०/१५ दिनदेखि छिनछिनमा घाम लाग्ने–नलाग्ने भइरहेको छ,’ अर्यालले भने ।

काठमाडौंमा बिहीबार शून्य दशमलव ९ डिग्री तापक्रम पुगेको छ । जुम्लामा माइनस ७ डिग्री, जिरीमा न्यूनतम माइनस ३ दशमलव ५ डिग्री, दाङ र जोमसोममा शून्य डिग्री, डडेलधुरामा १ दशमलव ७ डिग्री पुगेको छ ।