१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाह ! काम: साम्झैताको समय अगावै काम सक्ने ठेकेदारलाई सम्मानित गरियो



अ+ अ-

तोकिएको समय अगावै निर्माण सम्पन्‍न गरेपछि एक निर्माण व्यवसायीलाई दाङमा सम्मान गरिएको छ। दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वारखोला पुल निमार्ण तोकिएको समयभन्दा करिब ८ महिनाअगाडि नै सम्पन्न गरेपछि कालिका रसुवा जेभि कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई विजौरी उद्योग वाणिज्य संघले सम्मान गरेको हो।

सघंका अध्यक्ष मुक्तिबहादुर वलीका अनुसार समयमै काम सम्पन्न गरेर उनी उदाहरणीय व्यक्ति बनेका हुन् । उनले भने, ‘कन्ट्रक्सनले जसरी सबै निर्माण व्यवसायीले समयमै विकास निमार्णका गर्न सके विकास निमार्णले फड्को मार्नेछ ।’ त्यसैगरी कन्ट्रक्सनका प्रतिनिधि श्रेष्ठले आफूले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्‍ने जिम्वारीका साथ आफूले काम गरेको पनि र बताए ‘जिम्मा लिएको काम मैले समयमै सक्ने गरेको छु,’ उनले भने।

उक्त कम्पनीले सो कामको जिम्मा विस २०७४ साल असारमा सम्झौता गरी २०७७ असारमा निर्माण सक्नेगरी पाएको थियो। उक्त कम्पनीले २ वटा पुल सम्झौता समय अगावै सम्पन्न गरेको हो। घोराही तुलसीपुर सडकखण्डमा करिब ८ महिनाअगाडि २२० मिटर लामो पुल र ग्वारखोलामै अर्को पुल पनि करिब १४ महिनाअगाडिनै निर्माण सम्पन भइसकेको छ।