१२ असार २०८३, शुक्रबार
,
Latest
गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धौलीघाट खानेपानी ठेक्का प्रक्रियामा



अ+ अ-

जुम्ला । जुम्लाको सबैभन्दा ठूलो गौरवको आयोजना धौलीघाट खानेपानी ठेक्कामा जाने तयारी भएको छ । सङ्घीय सरकारको सहयोगमा उक्त आयोजनाका लागि रकम जुटेपछि निर्माण कार्यका लागि अगाडि बढाइएको सङ्घीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालयले जनाएको छ । आयोजना प्रमुख महेश न्यौपानेका अनुसार सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको हुँदा अब ठेक्कामा जाने तयारी थालिएको हो ।

जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र तातोपानी गाउँपालिकाका आठ हजार ५०० घरधुरीलाई लक्षित गरी सर्भे गरिएको उक्त आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) समेत तयार भएको कार्यालय प्रमुख न्यौपानले जानकारी दिनुभयो । निर्माण भएको डिपिआरअनुसार आयोजनाको लागत रु दुई अर्ब २५ करोड ९५ लाख ५४ हजार ५०० रहेको छ । आयोजनाका लागि भने नौ प्रतिशत जनश्रमदान र एक प्रतिशत स्थानीय तहबाट नगदको आवश्यकता रहेको उहाँले जानकारी दिनुभयो । सो एक प्रतिशत रकम जम्मा गर्न तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाले लिखित सहमति दिइसकेका छन् भने चन्दननाथ नगरपालिकामा प्रक्रिया अगाडि बढिरहेको कार्यालयले जानकारी दिएको हो ।

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भइरहेको समयमा यो परियोजना नितान्त आवश्यक भएको हुँदा सफल गर्नुपर्ने जुम्लावासीले बताएका छन् । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जसरी पनि यो काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले धौलीघाट परियोजना जुम्लावासीको विकासको अर्को मुहार फेर्ने आयोजना भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले प्रदेशकै गौरवको आयोजना भएकाले यो आयोजना सम्पन्न गर्नका लागि सबैको सहयोग र सहकार्य हुनुपर्ने सुझाव दिनुभयो । उहाँले बृहत् छलफल गरी स्थानीय र सरकारको जोडमा यसलाई सम्पन्न गर्न आवश्यक रहेको बताउनुभयो ।

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रु ७५ करोडको अत्याधुनिक भवनको आयोजनापछि सबैभन्दा ठूलो आयोजना धौलीघाट आयोजना हो । विसं २०६४ सालमा जुम्लामा संविधानसभा सदस्य नरेश भण्डारीको पहलमा शुरुआत भएको आयोजना रकम अभावमा अन्योलमा थियो । यस वर्ष भने नेपाल सरकारले प्रथामिकतामा राखी बजेट राखेपछि अगाडि बढ्ने निश्चित भएको हो ।

प्रतिसेकेण्ड ५० लिटर पानी झर्ने क्षमताको उक्त आयोजना निर्माण गर्न भने भौगोलिक चुनौती रहेको छ । सडक नभएका कारण सडक खन्नुपर्छ तर आयोजनालाई खन्ने अधिकार नदिइएकाले कठिन भएको न्यौपानेले बताउनुभयो । जुम्ला सदरमुकाम देखि छ किलोमिटर टाढा उचाइमा रहेको मुहानपानीले जुम्ला सदरमुकाम, गुठिचौर गाउँपालिका र तातोपानीका ५८ हजार जनसङ्ख्या लाभान्वित हुने कार्यालयले जनाएको छ ।