१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाले गर्यो निःशुल्क शल्यक्रिया



अ+ अ-

महोत्तरी । नेपाली सेनाले महोत्तरीमा सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । यही मङ्सिर २७ देखि पुस ५ गतेसम्मका लागि भनिएको शिविर बिरामीको चापलाई दृष्टिगत गर्दै आइतबार एक दिन थपिएको थियो ।

सोनमा गाउँपालिका–३ खखना माविमा आयोजित शिविरमा आर्मी हस्पिटलबाट आएको सर्जनसहितको विशेषज्ञ टोलीले १९४ पुरुष र १३५ महिलाको निःशुल्क शल्यक्रिया गरिएको सेनाका सर्जन प्रमुख डा सृजन मल्लले बताउनुभयो । शिविरमा १७८ जटिल, ४७ मध्यम र १०४ वटा साधारण शल्यक्रिया गरिएको डा मल्लले बताउनुभयो ।

त्यस्तै सो शिविरमा करिब २२ हजार बिरामीको उपचार र औषधि वितरणसमेत गरिएको जनाइएको छ ।