२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’



अ+ अ-

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको पूर्वानुमान गर्ने योजना बनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

प्रधानाङ्गले पूर्वानुमानको शुद्धताका लागि अवलोकनका तथ्यांकहरू गुणस्तरीय हुनुपर्ने बताए । नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पु¥याइरहेको उल्लेख गर्दै उनले विभागले हाल भूउपग्रह (स्याटेलाइट), राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिए ।

प्रधानाङ्गका अनुसार विभागले हाल ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ । यो तथ्यांक सडक विभाग, खानी तथा भूगर्भ विभाग र कृषि सूचना तथा तालिम केन्द्र जस्ता निकायहरूलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ ।

विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवाहरू प्रदान गरिरहेको उनले बताए । विशेषगरी हवाई मौसम सेवालाई डिजिटाइज गरिएको र २१ वटा स्थानीय तहका लागि ‘प्रभावमा आधारित पूर्वानुमान’ शुरु गरिएको उनकाे भनाइ छ ।

सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको चर्चा गर्दै प्रधानाङ्गले आगामी दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गर्ने बताए । साथै, मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ (निर्णय सहयोग प्रणाली) बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा प्रधानाङ्गले मौसमको सटिक अवलोकन र विश्लेषणबाट नै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे ।

विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले जल तथा मौसम विज्ञान विभागका प्राविधिक रामविकेश रायले नेपालको जलविज्ञान (हाइड्रोलोजी) क्षेत्रमा अवलोकनदेखि सेवा प्रवाहसम्म महत्वपूर्ण कार्य भइरहेको भएपनि प्रविधि र बजेटको अभाव मुख्य चुनौतीका रूपमा रहेको बताए ।

रायले विभागले जलविज्ञान र मौसम विज्ञानका दुवै पक्षलाई समेटेर सेवा प्रदान गरिरहेको जानकारी दिए । उनकाअनुसार हाल देशभर २ सय ३० वटा जलस्तर मापन केन्द्रहरू रहेका छन्, जसमध्ये २ सय ६ वटा स्वचालित (अटोमेटिक) भइसकेका छन् ।

विभागले राडार लेभल सेन्सर, स्टाफ गेज र डिस्चार्ज मापनमार्फत तथ्याङ्क सङ्कलन गर्दै आएको छ । रायले विभागले मुख्य गरी तीन प्रकारका जलवैज्ञानिक सेवाहरू प्रदान गरिरहेको बताउनु भयो ।

जलविद्युत आयोजनाहरूको क्षमता गणना, विश्वविद्यालयका विद्यार्थीको अनुसन्धान र बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबीका लागि आवश्यक तथ्याङ्क प्रमाणीकरण गर्ने काम विभागले गर्दै आएको उनले बताए ।

वास्तविक समयको जलस्तर, वर्षा र माटोको चिस्यानलाई आधार मानी विभिन्न मोडेलमार्फत बाढीको पूर्वानुमान गरिन्छ । यसरी तयार पारिएको सूचना बुलेटिन, सामाजिक सञ्जाल, एसएमएस,रेडियो, टेलिभिजन र टोल फ्री नम्बर ११५५ मार्फत प्रवाह गरिन्छ । रायकाअनुसार नारायणी बेसिनको क्षेत्रमा बाढी पूर्वानुमानको शुद्धता करिव ९० प्रतिशतसम्म पुगेको छ ।

च्छोरोल्पा र इम्जा हिमतालमा अर्ली वार्निङ सिस्टम जडान भइसकेको र आगामी दिनमा जीसीएफ प्रोजेक्टमार्फत थप चारवटा हिमतालमा यस्तो प्रणाली विकास गर्ने योजना रहेको उनले जानकारी दिए । रायले अपर्याप्त प्रविधि र कठिन भूगोललाई प्रमुख समस्याका रूपमा औंल्याए ।

जलवायु परिवर्तनका कारण बढ्दो अतिवृष्टि र अनावृष्टिले पूर्वानुमानमा अनिश्चितता थपेको रायको भनाइ छ । सूचनाको पहुँचमा नभएका समुदायका लागि साइरन वा लाउडस्पिकरको प्रयोग गरी ‘सफल पूर्वसूचना प्रणाली’ विकास गर्नुपर्नेमा उनले जोड दिए ।

मौसमले मानिसको जनजीवनलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । हेलस्टोम, भारी वर्षा, हुरीबतास र डढेलो जस्ता विपद्हरुले हरेक वर्ष क्षति पु¥याइरहेको अवस्थामा विभागले अवलोकन प्रक्रियालाई डिजिटाइज गर्दै लगेको छ । सेटेलाइट, राडार र रेडियोसोण्ड जस्ता आधुनिक उपकरणहरुको प्रयोगबाट प्राप्त तथ्यांकलाई न्युमेरिकल वेदर मोडलिङमा फिट गरेर पूर्वानुमान तयार पारिन्छ ।




भर्खरै