९ असार २०८३, मंगलवार
,
Latest
मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानाध्यपक जोशीको स्मृतिमा पुस्तकालय स्थापना



अ+ अ-

बैतडी।  बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।

पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रसाद जोशीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकाहरूलाई सहयोग पुग्ने सो विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीले बताउनुभयो । पुस्तकालय स्थापनाले पठन संस्कृतिको विकास हुने र सृजनात्मक अभ्यासका लागि सहयोग पुग्ने उहाँको भनाइ छ ।

जोशीका परिवारको समन्वय तथा नेपाल मेडन जर्मनीको आंशिक आर्थिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । पाटन नगरपालिका–६ टुँडिखाड घर भएका जोशीले लामो समयसम्म कृष्ण माविमा प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुभएको थियो ।

पठन संस्कृतिको विकासका लागि विद्यालयमा पुस्तकालयको स्थापना गरिएको नेपाल मेड जर्मनीका प्रतिनिधि एवं स्वर्गीय जोशीका कान्छा छोरा महेन्द्र जोशीले बताउनुभयो । रासस