२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली सुरू’



अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महामारीजन्य रोग नियन्त्रणको लागि समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरेको छ ।
महानगरले समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्नको लागि स्वास्थ्यकर्मीहरुलाई दुई दिने तालिम दिएको हो ।

महानगरको स्वास्थ्य विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा सबै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाएको छ । महानगरको स्वास्थ्य सेवा विभाग अन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका रोग निगरानी फोकल पर्सन कौशलचन्द्र सुवेदीले समुदायमै रोगको प्रारम्भिक पहिचान, निगरानी र नियन्त्रणका लागि यो प्रणाली महत्वपूर्ण हुने बताए ।

तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई रोग पहिचान, तथ्याङ्क संकलन, जोखिम मूल्याङ्कन तथा सोहीअनुसार प्रतिकार्य गर्ने सीप प्रदान गरिएको उनले जानकारी दिए। नेपालमा रोग निगरानी प्रणालीको महत्व उच्च भएपनि पछिल्ला वर्षहरूमा यसको अभ्यास समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार हुन नसकेको उनको भनाइ छ । विशेषगरी कोभिड–१९ महामारीका क्रममा कमजोर निगरानी प्रणालीका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ असारमा ५२ वटा प्रमुख संक्रामक रोगलाई प्राथमिकतामा राख्दै नियन्त्रण रणनीति अघि बढाएको उनले जानकारी दिए । साथै, ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गर्दै समुदायस्तरमै रोग नियन्त्रण प्रणाली कार्यान्वयन गर्ने मार्गनिर्देशन दिएको उनको भनाइ छ । सोही कार्यक्रमअनुसार तालिम आयोजना गरेको उनले जानकारी दिए।

अब समुदायमा कुनै असामान्य स्वास्थ्य घटना देखिएमा तत्काल जानकारी दिन सकिने व्यवस्था गरिएको छ । एकैपटक धेरै मानिस बिरामी पर्नु, नौलो रोग देखिनु, पशुपंक्षीको अस्वाभाविक मृत्यु हुनु वा ज्वरो, झाडापखाला, श्वासप्रश्वासजस्ता लक्षण व्यापक रूपमा देखिएमा नागरिकले नजिकको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ हटलाइन १११५ मा खबर गर्न सक्नेछन् ।

महानगरको स्वास्थ्य विभागका प्रकाश परियारले काठमाडौंमा ठूला अस्पतालको पहुँच हुँदाहुँदै पनि समुदायस्तरसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताए । हालको स्वास्थ्य प्रणाली उपचारमुखी भएकोले अब रोकथाममुखी रणनीतिमा जानुपर्ने आवश्यकता रहेको उनले औंल्याए । उनकाअनुसार समुदायमै रोग निगरानी प्रणाली सञ्चालन गरिएपछि रोग फैलिन नदिन र समयमै नियन्त्रण गर्न सहज हुनेछ । यसले महानगरको समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । उनले सबै वडामा तथा समुदायमा रोग निगरानी प्रणालीका बारेमा जानकारी गराउने पनि उल्लेख गरे।

समुदायमा आधारित रोग निगरानी प्रणालीमा लागू भएपनि डिजिटल प्लेटफर्ममार्फत रोगसम्बन्धी सूचना संकलन, विश्लेषण र वर्गीकरण गरिनेछ । जोखिमको आधारमा न्युन, मध्यम र उच्च तहमा विभाजन गरी द्रुत प्रतिकार्य टोली परिचालन गरिने व्यवस्था गरिएको छ । साथै, एआई प्रविधिको प्रयोगबाट अनलाइन माध्यमहरूमा प्रकाशित संक्रामक रोगसम्बन्धी सूचनाहरूको निगरानी गरी प्रारम्भिक चेतावनीसमेत प्राप्त गर्न सकिनेछ । यस प्रणालीको पूर्ण कार्यान्वयनपछि संक्रामक रोगहरूको शिघ्र पहिचान, नियन्त्रण र सम्भावित महामारी न्युनिकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।




भर्खरै