८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाेलि र पर्सी देशभर वर्षा र हिमपातको सम्भावना, सतर्क रहन विभागको आग्रह



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न प्रदेशमा आगामी दुई दिन वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार  चैत्र १३ गते शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै किसिमको मौसम रहने अनुमान गरिएको छ।

त्यसैगरी २०८२ चैत्र १४ गते शनिबार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले सम्भावित मौसमका कारण दैनिक जनजीवन, कृषि, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।