२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बैठकमा नेताहरुले भने : नेतृत्वलाई अहिल्यै माफी दिन सकिदैन



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सोमबार १२ जनाले आफ्नो धारणा राखेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि नेताहरुले आफ्नो धारणा राखेका हुन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा सदस्यहरुले पार्टीभित्र विधि र पद्धतीको पालना जोडदार रुपमा कसरी गराउने, पार्टीमा विसंगती र भ्रष्टिकरणको प्रकृया कसरी कम गर्ने भन्ने विषयमा आफ्नो धारणा राखेका छन् ।

पार्टी संगठनको निर्माण प्रकृया सुदृढ ढंगले कसरी अगाडी बढाउने तथा पार्टीलाई एकीकृत, क्रान्तिकारी र शक्तिशाली बनाउन पार्टीको विचार र नेतृत्वको वरिपरि सिंगो पार्टी एकदिशामा कसरी अगाडी बढाउने भन्ने विषयमा स्थायी कमिटी सदस्यहरुले धारणा राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धिको कार्यभार अगाडी बढाउन सरकारलाई अझ प्रभावकारी र परिणामुखी कसरी बनाउने भन्ने विषय पनि बैठकमा उठेको बताउनुभयो । सरकारका कमजोरीहरु सच्याउने बारेमा ध्यानाकर्षण गराउँदै वैचारिक प्रश्नमा पनि सोमबारको छलफलमा नेताहरुले विचार राखेको उहाँले बताउनुभयो ।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रमहरु सदनबाट पारित नगर्न पनि नेताहरुले माग गरेका छन् । स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, भीम रावल र देव गुरुङले एमसीसी अन्तर्गतका कार्यक्रमहरु संसदबाट पारित हुन नदिन माग गरेका हुन् । एमसीसी परियोजनाभित्र धेरै रहस्यहरु लुकेको नेता गुरुङले बताउनुभयो । अमेरिकाले घोषणा गरेको ईण्डो—प्यासिफिक रणनीतिमा एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाउने प्रस्ताव रहेको उहाँले बताउनुभयो । एमसीसीमा सहभागि हुँदा नेपाल ईण्डो—प्यासिफिक रणनीतिमा बाध्यात्मक रुपमा सहभागि हुनुपर्ने अवस्था आउने भएकाले यसलाई पनि पुर्नविचार गर्नुपर्ने उहाँको धारणा थियो ।

एमसीसी सम्झौता नेपालको प्रचलित कानुनहरुसँग बाँझियो भनेपनि लागु हुने भनेर उल्लेख गरिएकाले यो आपत्तिजनक विषय भएको उहाँको भनाई छ ।

नेपाल सरकार र एमसीसीबीच ५ वर्षअघि भएको सम्झौता भएको थियो । झण्डै ५५ अर्ब रुपैयाँको विकास साझेदार योजना संसदले पारित नगर्दा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् । बैठक मंगलबार ११ बजे पुनः बस्नेगरि स्थगित भएको छ ।




भर्खरै