३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा सुक्खा पहिरा खस्दा तीन घरमा क्षति : सहयोग कतैबाट उपलब्ध भएन



अ+ अ-

काठमाडाैँ । जुम्लाकाे हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति गरेको छ । मङ्गलबार खसेको पहिरोले उक्त वडाका स्थानीयवासी ललिजङ्ग अधिकारी र बुच्चो अधिकारीको घर पूर्ण रूपमा नष्ट भएको छ ।

त्यसैगरी,स्थानीय नरजङ्ग अधिकारीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको हिमा–६ वडाध्यक्ष उपराज अधिकारीले जानकारी दिनुभयो । पहिराले घरमा क्षति गरेका विस्थापित पीडितका घरपरिवार अहिले गाउँका स्थानीयवासीको घरमा बसेका छन् ।

वडाले राहतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारदेखि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरे पनि सहयोग अहिलेसम्म नमिलेको वडाध्यक्ष अधिकारीको भनाइ छ । यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छवटा घर पहिरोले बगाएको थियो । तर त्यसबेला पनि पीडितहरूले पर्याप्त राहत पाउन नसकेको वडाध्यक्षको गुनासो छ ।