३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस अनुशासन समितिको बैठक जारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघि सुरू  भएको छ । पार्टीभित्र पछिल्लो राजनीतिक घटनाक्रम र आन्तरिक विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि पार्टीभित्रको विवाद थप चर्किएको सन्दर्भमा बैठक बसेको हो । लेखकको पक्राउका विषयमा संस्थापनइतर समूहले सन्तुलित धारणा सार्वजनिक गरेपछि संस्थापन पक्ष र इतर समूहबीचको असन्तुष्टि झन बढेको बताइएको छ ।

यसैबीच, संस्थापन पक्षले इतर समूहले समानान्तर गतिविधि गरेको आरोप लगाउँदै कारबाहीको तयारी थालेको छ । समानान्तर गतिविधिमा संलग्न भएको भन्दै नेता पूर्णबहादुर खड्कामाथि अनुशासनात्मक कारबाही गर्नुपर्ने विषयसमेत छलफलमा आएको स्रोतले जनाएको छ ।

बैठकमा पार्टी अनुशासन, आन्तरिक एकता र हालका राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भइरहेको जनाइएको छ ।