३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान



अ+ अ-

काठमाडाैँ । सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका नगरपालिकाले स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सम्पन्न गरेको छ । सामुदायिक कुकुर तथा बिरालोहरू जङ्गली जनावरसँग सम्पर्कमा आउने भएकाले रोग फैलिने जोखिम उच्च हुने भन्दै अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका पशु चिकित्सक डा राजुप्रसाद न्यौपानेले नेपाल सरकारको लक्ष्यअनुसार रेबिज नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। अभियानअन्तर्गत नगरपालिकाका सबै वडामा पुगेर कुकुर तथा बिरालो सङ्कलन गरी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाइएको उनले जानकारी दिए। यही चैत १२ देखि १४ गतेसम्म दुई सय ७२ कुकुर र दुई बिरालोको स्थायी बन्ध्याकरण गरिएको थियो ।

“यो कार्यक्रम गतवर्ष सञ्चालन गरिएको थियो, त्यसको निरन्तरता र सामुदायिक कुकुर बिरालो नियन्त्रणलाई अझ प्रभावकारी बनाउन यस वर्ष पनि अभियान सञ्चालन गरिएको हो”, डा न्यौपानेले भने।

नेपाल सरकारले सन् २०३० सम्म कुकुर तथा बिरालोका कारण हुने रेबिजबाट मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको र सोही लक्ष्यअनुसार ‘एनिमल बर्थ कन्ट्रोल’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको जनाइएको छ । गतवर्ष करिब एक सय ५० कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको थियो । बन्ध्याकरणपछि स्वास्थ्य अवस्था जाँच गरी आवश्यक उपचारसमेत गरिएको डा न्यौपानेले जानकारी दिए ।