३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक लाईट पालना नगर्नेहरू कारबाहीमा



अ+ अ-

काठमाडाैँ । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाईटको पालना नगर्नेहरुलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिवार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाईटको पालना नगरी हिँडेका सवारीहरुलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो ।

ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरु ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।

यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टी जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् । ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरूको भनाई छ ।