११ असार २०८३, बिहीबार
,
Latest
नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ: मुख्यमन्त्री पोखरेल



अ+ अ-

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गरे ।

नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने मुख्यमन्त्री पोखरेलले बताए । सरकारका गतिविधिप्रति प्रतिपक्षी दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै उनले सरकारको प्रगति हेर्न तीन वर्ष कुर्न आग्रह गरे ।

जिल्लाको विकासका लागि प्रदेशसभा सदस्य स्व उत्तरकुमार वली सदैव लागिपरेको भन्दै मुख्यमन्त्री पोखरेलले भविष्य कोर्ने जिम्मेवारी अब नेकपाका उम्मेदवार विमला वलीको काँधमा आएको बताए । सो अवसरमा नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए ।