११ असार २०८३, बिहीबार
,
Latest
नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वृद्धा जस्ले २५ लाखको जग्गा दिए वडा कार्यालयलाई निःशुल्क दान



अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले रु २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गरेका छन् । उनले पाँच रोपनी जग्गा वडा कार्यालयलाई दान गरेका हुन् । जेठा छोरा प्रतापसँगै दिक्तेल आउनुभएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क हाल्न लगाएको वडासचिव चित्रकुमार सुवेदीले जानकारी दिए ।

जग्गादाता कमलाले खार्मीस्थित स्कूलडाँडामा रहेको आफ्नो नामको जग्गाधनीपूर्जा वडा कार्यालयको नाममा नामसारी गरेर वडाध्यक्ष रामचन्द्र राईलाई प्रदान गरे । जग्गा अभावमा वडा कार्यालय भवन निर्माण गर्न कठिनाइ भएको अवस्थामा श्रेष्ठ परिवारलाई नयाँ भवन निर्माण गर्न निःशुल्क जग्गा दिन अनुरोध गरिएको वडाध्यक्ष राईले बताए ।

निःशुल्क जग्गा प्राप्त भएसँगै भवन निर्माणका लागि नगरपालिकालाई अनुरोध गरिने वडा कार्यालयले जनाएको छ । चालु आवदेखि वडाको आफ्नै कार्यालय भवन निर्माणको काम शुरु गरिने नगरप्रमुख दीपनारायण रिजालले बताए । भवन निर्माण गर्न प्रदेशबाट प्राप्त हुने समपूरक कोष र नगरपालिकाको ५०/५० प्रतिशत लगानी रहनेछ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश वडा कार्यालय भाडाको घरमा सञ्चालनमा छन् ।