२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै



अ+ अ-

काठमाडौं । नामी ग्रुप अफ कम्पनीजले यही जेठ ३० गते शनिबार काठमाडौँको जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुल परिसरमा ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना गर्ने भएको छ । शिक्षा, संस्कृति र मनोरञ्जनको भव्य संगमका रुपमा रहेको यस कार्यक्रममा ८८ हजारभन्दा बढी व्यक्तिको सहभागितगी हुने अनुमान गरिएको आयोजकहरुले जनाएका छन् ।

शिक्षा, नवप्रवर्तन, युवा सशक्तीकरण तथा सांस्कृतिक अभिव्यक्तिलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्निभलमा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

यस कार्निभल अन्तर्गत शैक्षिक जानकारीमूलक प्रदर्शनी, करियर मार्गदर्शन, अनुभव र सिकाइसम्बन्धी गतिविधिहरु, सांस्कृतिक कार्यक्रम तथा युवामैत्री विविध आकर्षणहरू समावेश गरिने भएको पनि बताइएको छ । यस कार्यक्रमबाट ज्ञान, सीप र सिर्जनात्मकता आदानप्रदानको अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

कार्निभलको विशेष आकर्षणका रूपमा नेपालका लोकप्रिय सांगीतिक समूह ‘कुमा सागर एण्ड द ख्वपा’, ‘द हुलाकी’ र ‘भीजेडएन’ का सांगीतिक प्रस्तुति रहनेछन् । साथै, यस अवसरबाट नयाँ पुस्ताका प्रतिभावान कलाकारहरूले पनि आफ्नो कला प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

सन् २०१२ देखि शिक्षा क्षेत्रमा सक्रिय नामी ग्रुप अफ कम्पनीजले विद्यालय, कलेज, स्नातक तथा स्नातकोत्तर तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आधुनिक शिक्षण पद्धति, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत संस्थाले नेपाली शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएको छ ।

आयोजकका अनुसार ‘नामी ओपन हाउस कार्निभल २०८३’ शिक्षा र मनोरञ्जनलाई जोड्ने एक विशेष अवसरका रूपमा स्थापित हुनेछ, जसले युवाको क्षमता अभिवृद्धि, सांस्कृतिक सद्भाव र सामुदायिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।