२ असार २०८३, मंगलवार
,
Latest
डा. संगीता सहित ८ जनाले पाए सफाइ सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मेहनत र लगानी बढाउनुपर्ने हुन्छः गुरुप्रसाद बराल कञ्चनपुरमा ‘डिएपी’ मल अभाव अध्यक्ष सिटौलाकाे प्रश्न्ः विद्युतीय सवारीसाधन सञ्चालनको मापदण्ड, कार्यविधि र व्यवस्थापनसम्बन्धी नीति खोई ? सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सांसदहरूकाे आग्रह यस्ता छन् लुम्बिनी प्रदेशकाे बजेटको विशेषता सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस् प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपा सांसद लामाको माग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन जथाभावी रुट परमिट वितरणले बढायो दुर्घटना, कारबाही रकम बढाउनुपर्ने ट्राफिक प्रमुख काफ्लेको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कम्पनी पारदर्शी तथा न्यायपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउन चीनको माग



अ+ अ-

काठमाडौं । चीनले नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन आग्रह गरेको छ । चीन भ्रमणमा रहेनु भएका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ताका क्रममा चीनले यस्तो आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोट अनुसार चीनले नेपाली बजारमा लगानी विस्तार गर्न इच्छुक चिनियाँ कम्पनीहरूलाई प्रोत्साहन गर्ने र नेपालले पारदर्शी तथा न्यायपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा पनि व्यक्त गरेको छ ।

वार्तामा नेपाल–चीन सम्बन्ध, विकास सहकार्य, पूर्वाधार, लगानी तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनलाई “पहाड–नदीले जोडिएका तथा साझा भविष्य बोकेका छिमेकी” भन्दै दुई देशबीचको सम्बन्ध समयसँगै अझ सुदृढ हुँदै गएको बताउनु भयो । उहाँले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा स्थापित “विकास र समृद्धिमुखी पुस्तौँसम्मको मैत्रीपूर्ण रणनीतिक साझेदारी” लाई थप प्रभावकारी रूपमा अघि बढाउने चीनको प्रतिबद्धता दोहोर्याउनु भयो ।

वाङले नेपालले ‘एक चीन नीति’ प्रति निरन्तर समर्थन जनाएको भन्दै त्यसको प्रशंसा गर्नुभयो। साथै चीनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा उभिने तथा नयाँ सरकारलाई विकास र सुशासनका प्रयासमा सहयोग जारी राख्ने बताउनुभयो ।

उहाँले उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (BRI) अन्तर्गत विद्युत् सञ्जाल, सडक, नाका तथा हवाई पूर्वाधारमा सहकार्य विस्तार गरी नेपाललाई “स्थलरुद्ध देशबाट स्थल–जोडिएको देश” मा रूपान्तरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन मित्रता हजारौँ वर्ष पुरानो र समयसँगै अझ बलियो बनेको उल्लेख गर्दै नेपालको विकास तथा जनजीविकामा चीनले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नेपालको नयाँ सरकार जनमुखी विकासमा केन्द्रित रहेको र असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको बताउनुभयो ।

खनालले नेपालले ‘एक चीन नीति’ दृढतापूर्वक पालना गर्ने, नेपालको भूमि कुनै पनि शक्तिले चीनविरुद्ध प्रयोग गर्न नदिने तथा चीनसँगको पारम्परिक मित्रतालाई नयाँ चरणमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चीनको विकासलाई नेपालको अवसरका रूपमा लिँदै चिनियाँ लगानी, पूर्वाधार सहकार्य तथा अन्तरदेशीय सम्पर्क विस्तारमा नेपाल इच्छुक रहेको बताउनुभयो ।

दुवै पक्षले बहुपक्षीय मञ्चमा समन्वय बढाउने, विकासशील राष्ट्रहरूको साझा हित संरक्षण गर्ने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यलाई निरन्तरता दिने सहमति पनि जनाएका छन्।