४ असार २०८३, बिहीबार
,
Latest
ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन प्रतिपक्षको आवाजलाई बेवास्ता नगर्न सरकारलाई नेकपाको चेतावनी परराष्ट्रमन्त्रीको चीन भ्रमणः यी दुई चिनियाँ सन्देशको कूटनीतिक अर्थ के ? भारतीय नयाँ एसओपीका कारण नेपाली चिया निर्यात संकटमा, समाधानका लागि सरकारसँग महासंघको आग्रह रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपमा जोर्डनको ऐतिहासिक डेब्युः देशभर उत्साह र गौरवको लहर



अ+ अ-

काठमाडौँ। जोर्डनको राष्ट्रिय फुटबल टोली नशामाले फिफा विश्वकपमा आफ्नो ऐतिहासिक पहिलो उपस्थिति जनाएसँगै देशभर उत्सवको वातावरण छाएको छ ।

बुधवार बिहानैदेखि हजारौँको सङ्ख्यामा जोर्डनी नागरिकहरू आफ्नो देशको खेल इतिहासकै यो महत्वपूर्ण क्षणको साक्षी बन्न भेला भएका थिए ।

लामो प्रतीक्षापछि पहिलो पटक फुटबलको महाकुम्भमा छनोट हुन सफल भएको यो उपलब्धिले जोर्डनमा अभूतपूर्व उत्साह जगाएको छ । यस उपलब्धिको सम्मानमा फुटबल खेल राष्ट्रिय गौरव र एकताको बलियो माध्यम बनेको छ ।

स्थानीय समय अनुसार बिहान ७ः०० बजे खेल सुरु हुने तालिका भए पनि समर्थकहरूको उत्साहका कारण देश बिहानैदेखि जाग्राम देखिएको थियो । जोर्डन सरकारले नागरिकहरूलाई खेल हेर्न र राष्ट्रिय टोलीको समर्थन गर्न सहज होस् भन्ने उद्देश्यले खेल हुने दिनहरूमा सरकारी कार्यालयहरू खुल्ने समय बिहान १०ः०० बजेसम्मका लागि सारेको छ ।

राजधानी अम्मानको मुटुमा रहेको ऐतिहासिक रोमन थिएटरलाई यस अवसरमा विशाल फ्यान जोनमा परिणत गरिएको छ । युवा मन्त्रालय, ग्रेटर अम्मान नगरपालिका र जोर्डन पर्यटन बोर्डको संयुक्त पहलमा आयोजित यस कार्यक्रममा प्राचीन ढुङ्गेली सिँढीहरूमा परिवार र युवाहरूको ठूलो उपस्थिति रहेको थियो ।

राजधानी बाहिरका समर्थकहरूका लागि पनि सरकारले देशका चार प्रमुख खेलकुद सहरहरू र ६० वटा युवा केन्द्रहरूमा ठूला डिजिटल स्क्रिनहरूको व्यवस्था गरेको छ ।

प्रतियोगिताको समूह चरणमा जोर्डनले अस्ट्रिया, अल्जेरिया र अर्जेन्टिनाको सामना गर्नेछ। यो ऐतिहासिक विश्वकप यात्राले जोर्डनको फुटबल विकासमा नयाँ अध्याय प्रारम्भ गर्ने विश्वास लिइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल