१६ असार २०८३, मंगलवार
,
Latest
परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन



फाइल फोटो
अ+ अ-

काठमाडौं। सार्वजनिक तथा निजी सवारीसाधनमा नियमविपरीत जडान गरिएका कालो सिसा हटाउने अभियानलाई थप प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले आफ्नै सरकारी सवारीबाट यसको सुरुआत गरेका छन्।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले आफूले प्रयोग गर्दै आएको सरकारी गाडीमा जडान गरिएको कालो सिसा तत्काल हटाउन निर्देशन दिएका हुन्। साथै, ट्राफिक प्रहरीलाई अभियानलाई निष्पक्ष, प्रभावकारी र कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेसहितका अधिकृतसँगको छलफलमा मन्त्री गुरुङले कानुनको कार्यान्वयनमा कुनै पनि प्रकारको विभेद हुन नहुने स्पष्ट पारे। सरकारी होस् वा निजी, नियमविपरीत कालो सिसा जडान गरिएका सबै सवारीसाधनमाथि समान रूपमा कारबाही अघि बढाउन उनले निर्देशन दिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले असार १४ गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियान सञ्चालन गर्दै आएको छ। अभियानको पहिलो चरणमा सिसामा टाँसिएका काला स्टिकर हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

यता, कम्पनीबाटै कालो सिसा जडान भएर बजारमा आएका सवारीसाधनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि ट्राफिक प्रहरीले सोमबार सवारीसाधन आयातकर्ता तथा बिक्रेता कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ। अभियानलाई कानुनी तथा व्यवहारिक रूपमा प्रभावकारी बनाउने उपायबारे छलफल केन्द्रित रहेको जनाइएको छ।