१० असार २०८३, बुधबार
,
Latest
छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलदेखि सोल्टी होटेलसम्म सीको स्वागतमा कर्मचारी



अ+ अ-

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन् । दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो ।

उहाँले अतिविशिष्ट व्यक्तिको आगमनमा कर्मचारीले सधैँ स्वागत गर्ने बताउनुभयो । निजामती, विभिन्न संस्थान, सुरक्षाकर्मीलेसमेत सीको स्वागत गर्नेछन् । राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्नुहुनेछ । त्यहाँ जाने क्रममा उहाँलाई सडकमा उभिएर स्वागत गरिनेछ ।

यसैगरी उक्त रुटमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीको फोटो राखेर स्वागत गेट बनाइएको छ । सीको स्वागतका लागि विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथलीलगायतका ठाउँमा फूल र गमला राखिएको छ ।