९ असार २०८३, मंगलवार
,
Latest
पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खातुनको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिएका छन् ।वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो ।

उनको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार हाल उनको अवस्था खतरामुक्त रहेको छ । राज्यमन्त्री डा. यादव आज अस्पतालमा पुगी खातुनको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिएका थिए ।

उनले उपचारमा सङ्घीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने जानकारी पनि दिए । समाजवादी पार्टीका सांसद प्रदीप यादवले खातुनको उपचारमा रु ५० हजार र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले रु पाँच लाख दिने निर्णय गरिसकेका छन् । पर्सा जिल्ला प्रहरीले छात्रा खातुनमाथि एसिड प्रहार गर्ने तीन युवकलाई पक्राउ गरिसकेको छ ।