९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगंजका गुड्खा उद्याेगी कुतबुद्दीन शेषमाथि राजश्व ठगीकाे मुद्दा दायर, ७ कराेड ५२ लाख मागदाबी



अ+ अ-

काठमाडौंः राजश्व अनुसन्धान विभागले नेपालगंज उपमहानगपालिका वडा नं १ खजुरा रोडस्थित नेपाल पान मसला उद्योगका प्रोप्राइटर कुतबुद्दीन शेषले राजस्व चुहावट गरेको अभियोगमा ७ करोड ५२ लाख रूपैयाँ बिगो कायम गरी बाँके जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

विभागले छानबिन तथा अनुसन्धान गर्दा उद्योगले कच्चा पदार्थको हिसाब किताब एवम् लेखा लापरवाही तथा त्रुटिपूर्ण तरिकाले राखी प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवम् प्याकेजिङ्ग सामग्रीको खपत र सो बाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको शर्त अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री वितरण गरेको जनाएको छ ।

उद्योगी कुतबुद्दीनसँगको बयान, कारोबारसँग सम्बन्धित कागजातहरुको विश्लेषण, राजस्व चुहावट गरेको विवरण तथा राजस्व चुहावटसँग सम्बन्धित बरामद भएको अन्तःशुल्क स्टिकर नलगाएको गुट्खाको छानबिन तथा विश्लेषण गर्दा ७ करोड ५२ लाख जरिवाना र कैद सजाय समेत मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

पछिल्लो समय राजश्व चुहावटसँग सम्बन्धित छानबिन, अनुसन्धान र मुद्दा दर्ताको क्रमलाई विभागले तिब्र बनाएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनुभयो ।