९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न मुख्यमन्त्री राउत अस्पताल पुगे



अ+ अ-

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् ।

खातुन र उनका आमाबुवालाई भेट्न मुख्यमन्त्री राउत कीर्तिपुर अस्पताल पुगेका थिए । उनले चिकित्सकहरुलाई भेटेर खातुनको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन् ।

खातुनको उपचारको लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान चलाइरहेको भन्दै उनले खातुनको उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन् ।

कक्षा ९ मा अध्ययनरत खातुनमाथि शुक्रबार स्कुल जाँदा गर्दा दुई जनाको समूहले एसिड आक्रमण गरेको थियो । एसिसले उनको अनुहार, छाती र हातमा घाउ लागेको छ ।