९ असार २०८३, मंगलवार
,
Latest
ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ वटा मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले बरामद गरेको चोरीका १८ वटा मोटरसाइकल सम्बन्धी धनीलाई बुझाएको छ ।

महाशाखाका नयाँ प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार वितरण गरिएका मोटरसाइकलमा पल्सर, स्प्लेन्डर, होण्डा साइनलगायत छन् । ती मोटरसाइकल मंग्लबजार, पुतलीसडक, कालिमाटी, तिनचुली लगायतका स्थानबाट हराएका थिए ।

चोरीमा संलग्न भएको आरोपमा ३ जना पक्राउ पनि परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका प्रदीप खड्गी, रोशन खड्का र चितवनका अन्जन विक छन् ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।