९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो



अ+ अ-

कालीकोट । तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ । शुक्रबार राति आएको बाढीले शनिबारदेखि कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो । आइतबार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजे सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध भएपछि शनिबारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले राससलाई बताउनुभयो । सडक सञ्चालन भएपछि आइतबार बेलुका यात्रु आ–आफ्नो गन्तव्यस्थलतिर लागेका थिए । शुक्रबार रातिको सो बाढीले टाकुल्लाको विद्युत्गृह, धानबालीमा समेत क्षति पुर्याएको स्थानीय लालकौरा शाहीले दुखेसो पोख्नुभयो । निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ । उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो ।