७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोट छाप्ने मेसिनसहित सातजना पक्राउ



अ+ अ-

धनगढी । कैलालीमा नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका– १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे– १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उप–महानगरपालिका–३ का २४ वर्षे पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको छ ।

उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले बताए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान ब्रोदर कम्पनिको मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।




भर्खरै