७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंककाे निर्देशन विरुद्ध नारायणदास मानन्धरले हाले रीट



अ+ अ-

काठमाडाैः नेपाल राष्ट्र बैंकले लागू गरेको उमेर हदका कारण पुनर्नियुक्ति पाएको चार दिनमै प्राईम बैंकको प्रमुख कार्यकारीबाट हट्न बाध्य भएका नारायणदास मानन्धरले नेपाल राष्ट्र बैंक विरुद्ध मुद्दा हालेका छन् ।

मानन्धरले राष्ट्र बैंक समेतलाई विपक्षी बनाएर साउन २२ गते उत्प्रेषणसम्बन्धी रीट दर्ता गराएका हुन् । रीटमा राष्ट्र बैंकले प्रमुख कार्यकारी र संचालकहरुलाई उमेर हद लगाई बैंकको जिम्मेवारी बहन गर्नबाट बाधा सिर्जना गर्ने निर्देशन खारेजीको माग गरिएको छ ।

मानन्धरले हालेको रीट बिहीबार न्यायाधीश मीरा खड्काको बेन्चमा परे पनि हेर्न नभ्याईने सूचीमा परेर कुनै सुनुवाई हुन सकेन ।

राष्ट्र बैंकले गत साता एकीकृत निर्देशन जारी गरी ६५ बर्ष उमेर पूरा भएको ब्यक्ति बैंकको कार्यकारी हुन नसक्ने र ६९ बर्ष पुरा गरेको ब्यक्ति बहाल रहन नसक्ने ब्यवस्था गरेपछि प्राईम बैंकको तेस्रो पटक कार्यकारी बनेका मानन्धर पदमुक्त भएका थिए ।

राष्ट्र बैंकले बैंकका संचालक हुन ७० बर्ष उमेर पुरा भएको ब्यक्ति बैंकको संचालकमा बस्न नपाउने र ७४ बर्ष पुरा भएको ब्यक्ति पदमा बहाल नरहने ब्ब्यवस्था गरेको छ । यो व्यवस्थाका कारण नबिल बैंकका अध्यक्ष शम्भु पौडेल र एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ पनि पदमुक्त भएका छन् ।




भर्खरै