७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइक्रोको ठक्करबाट बालकको मृत्यु



अ+ अ-

चितवन । पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माइक्रोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन् ।

काठमाडौँबाट पोखरा जाँदै गरेको वा३ख ७९५६ नंको माइक्रोले आज बिहान इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो मृत्यु भयो । प्रहरीले माइक्रो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




भर्खरै