७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार



अ+ अ-

दमास्कस । अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम सानाका अनुसार विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा संयुक्तराज्य अमेरिका र टर्कीले आफैँ शक्तिराष्ट्रको रुपमा चिन्हाएको र बुधबार भएको सम्झौताले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको स्पष्ट उल्लङ्घन भएको बताएको छ ।

विज्ञप्तिमा अमेरिका र टर्कीको यस सम्झौताले खतरा बढाउने तथा विश्वमा शान्ति र स्थिरतालाई खतरामा पार्नेलगायत सिरियाली द्वन्द्वबाट मुक्त हुन सम्पूर्ण प्रयासलाई कमजोर पार्ने उल्लेख छ ।

यो सम्झौताले सिरिया विरुद्धको आक्रमणमा अमेरिका र टर्कीको साझेदारी उजागार गरेको उल्लेख गरिएको छ ।




भर्खरै