७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवानमा ५.९ म्याग्नीच्यूडको भूकम्प



अ+ अ-

ताइपेई । ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ । बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए । घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताइपेई र छिमेकी यिलानका १० हजारभन्दा बढी घरको विद्युत आपूर्ति बन्द भएको थियो । केही क्षेत्रको रेलसेवा पनि अबरुद्ध भएको थियो । ताइवानमा लेकिमा नामको आँधी पनि नजिकै आइपुगेको मौसम विज्ञान विभागले जनाएको छ ।

गत अप्रिलमा ताइवानको पूर्वी हुवालिनलाई केन्द्र बनाएर ६.१ म्याग्नीच्यूडको भूकम्प गएको थियो । सन् १९९९ मा आएको ७.६ म्याग्नीच्यूडको भूकम्पबाट करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो । दुईवटा टेक्टोनिक प्लेटमा रहेको ताइवानमा भूकम्प बारम्बार आइरहने गर्दछ ।




भर्खरै