७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची सुरु भएपछि २४ पटक मन्त्री फेरिएपनि अब २५ औं पटक फेरिन्नः मन्त्री मगर



अ+ अ-

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं आउनुअघि मन्त्री नफेरिने दाबी गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले मेलम्ची सुरु भएदेखि अहिलेसम्म २४ पटक मन्त्री फेरिएपनि अब भने नफेरिने जिकीर गरिन्।

संसदमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गतिमा अघि बढाउने बताइन्। ‘मेलम्ची आयोजना सुरु हुँदादेखि अहिलेसम्म २४ औं पटक मन्त्री फेरिएको कुरा एकजना माननीयज्यूले गर्नुभएको छ’ उनले भनिन्, ‘अब २५ औं पटक मन्त्री नफेरियोस् । हामी त्यही स्पिडमा काम गर्दैछौं । मेलम्चीको सन्दर्भमा अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा छौं ।


काम छाडेर हिँडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका नभएको बताइन ।उनले भनिन्, ‘त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार माननीय ज्यूहरुले हेरेर बुझिदिनुपर्यो ।’

मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर् याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताइन्।देशैभरि खानेपानीको सुनिश्चितता गर्न मन्त्रालयले थोक वितरण प्रणालीको रुपमा नदीहरुको डिपीआर तयार पार्ने कार्य यसै आर्थिक वर्षमा गर्ने मन्त्री मगरले जानकारी दिइन् ।

उनले खानेपानीको क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर काम अगाडि बढाइरहेको स्पष्ट पारिन् । मेलम्चीको विषयमा संसदमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम अब द्रूत गति (स्पीड) मा अघि बढाउने बताइन् ।




भर्खरै