७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै रात तीन घरमा चोरी



अ+ अ-

गोरखा । मंगलबार राति गोरखा नगरपालिका–९ ठिगुरेस्वाँराका सदरमुकाम नजिकैको तीन घरमा चोरी भएको छ । एक तोलाको छड्के तिलहरी र नगद ५० हजार रुपैयाँ चोरी भएको स्थानीय सानुमाया कुवँरले बताइन् । विहान घरकसेर गर्न उठ्दा मूल ढोकाको चापी खुल्लै देखेँ,’ उनले भनिन्, ‘कोठाभित्र रहेको दराजको ढोका फुटाएर सबै लुगा बाहिर झरेको रहेछ ।’

अर्कै कोठामा सुतेकी उनले विहानपख मात्र दराजमा भएको नगद र गहना चोरी भएको थाहा पाइन् । घाँटीमा लगाएको सुनको सिक्री चोरी भएको भन्दै बन्दना दानी क्षेत्रीले पनि प्रहरीमा उजुरी दिएकी छिन् । ‘बिहान करिव चार बजेतिर म निन्द्राबाट ब्युँझिसकेको थिए, एक्कासी कोठाको ढोका खुलेको आवाज सुनेर ढोका नजिक मात्र के पुगेको थियो एक्कासी मेरो घाँटी समायो ’, उनले भनिन् ।

कालो पोशाकमा मास्क लगाएर आएको उक्त व्यक्तिले घाँटीको सिक्री तान्ने प्रयास गर्दा केहीबेर धकेलाधकेल समेत भएको क्षेत्रीले बताइन् । कमलकुमारी श्रेष्ठको पनि साढे दुई तोलाको सिक्री चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ । सुतिरहेको कोठामा पसेर नाक र मुख थुनी घाँटीको सिक्री चोरेर लगेको पीडितले बताएका छन् ।

सुतिरहेको कोठामा पसेर नाक र मुख थुनी घाँटीको सिक्री चोरेर लगेको पीडितले बताएका छन् प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।




भर्खरै