७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी–देवघर साइकल यात्रा



अ+ अ-

सप्तरी । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने उद्देश्यले आज सप्तरीबाट भारतको देवघरका लागि साइकल यात्रा शुरू गरिएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरस्थित भोलेनाथ मन्दिरबाट हिन्दूहरुको पवित्र तीर्थस्थल भारतको देवघरका लागि मैथिली अभियानीको टोलीले यात्रा आरम्भ गरेको हो । करीब तीन दर्जन साइकल यात्रीले १५ दिनमा ३३८ किलोमिटरको यात्रा तय गर्दै देवघर पुग्नेछन् ।

बाद्यवादन सामग्रीका साथ हिँडेको टोलीले मैथिली लोकगायन, परम्परा एवं शैलीको आदानप्रदान गर्नुका साथै नेपाल र भारतको विभिन्न राज्यमा बोलिने मैथिली भाषाबीचको समानताबारे ठाउँठाउँमा विचार मन्थनसमेत गर्ने मिथिला साहित्य कला प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल ‘भरोसीले बताए ।

प्रतिष्ठानको आयोजना र मैथिली साहित्य परिषद्को सहयोगमा आरम्भ भएको मैथिली अभियानकर्मी सम्मिलित टोलीको यात्राले विश्वकै सरल, मिठास एवं समृद्ध मानिएको मैथिली भाषाको विषयमा थप प्रचारप्रसार गर्दै मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा जागरण ल्याउने अपेक्षा गरिएको छ ।