७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवार नियोजन सङ्घबाट ७५ हजारलाई सेवा



अ+ अ-

विराटनगर । नेपाल परिवार नियोजन सङ्घ मोरङ शाखाले सन् २०१८ मा ७५ हजार १०३ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ । शाखा प्रमुख शङ्करप्रसाद दाहालकाअनुसार सुरक्षित परिवार योजनातर्फ १७ हजार ९७५ जनालाई सेवा प्रदान गरेको छ ।

सो अवधिमा तीन हजार ९८८ जना कण्डम सेवा प्राप्त गरेका छन् । तीमध्ये तीन हजार ७७९ पुरुष र २०९ महिला रहेका छन् । यसैगरी पाँच हजार ७९७ जना परिवार नियोजन चक्की, सात हजार ६१० जना तीन महिने सुई९डिपो०, २५६ जना कपर टि (बाह्र वर्षे) र नरप्लान्ट तथा ९० जना महिला स्थायी बन्ध्याकरण गरेको शाखाले जनाएको छ ।

यस्तै सुरक्षित गर्भपतनतर्फ ३०५ महिलाले सेवा उपलब्ध गराएको छ । तीमध्ये २४ वर्ष मुनिका ७३ जना रहेका छन् । सुरक्षित गर्भपतनका लागि सुनसरी जिल्लाबाट समेत सेवा लिन आउने गरेको प्रमुख दाहालले बताए ।सङ्घले पाठेघरको क्यान्सर जाँच ४५२ जना, गर्भवती जाँच तीन हजार ८५२ र अन्य प्रजनन् स्वास्थ्य सेवा एक हजार १६३ जनालाई उपलब्ध गराएको छ ।

यस्तै परामर्श तथा एचआइभी परीक्षण एक हजार ७३७, सामान्य स्वास्थ्यसम्बन्धी चेकजाँच ३८७, परिवार नियोजनसम्वन्धी परामर्श सेवा ३६ हजार २४७, प्रजनन स्वास्थ्य सम्वन्धी परामर्श १ हजार १६३, वालवच्चाको विभिन्न खोपहरु १२ हजार ३४४ जनालाई सेवा उपलव्ध गराएको छ ।

एचआईभी एड्ससम्बन्धी परीक्षण ५७६ जनाले गराएकोमध्ये कसैमा पनि सङ्क्रमण नदेखिएको प्रमुख दाहालको भनार्इ छ । सङ्घमा सेवा लिन सबै समुदायका महिला आउने गरे पनि मुस्लिम महिला ज्यादै कम आउने गरेका छन् । सङ्घले गर्भपतन बाहेक अन्य सबै सेवा निःशुल्क प्रदान गर्दै आएको छ ।

सङ्घले सन् २०१७ मा ७२ हजार ३०० जनालाई सेवा प्रदान गरेको थियो भने यसवर्ष २०१९ मा एक लाखलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको प्रमुख दाहालको भनार्इ छ ।