७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा दुई शव फेला



अ+ अ-

लमजुङ । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज फेला परेको हो । सोमबार स्थानीयवासीले उक्त पोखरीमा एक जनाको शव देखेपछि प्रहरी र स्थानीयवासी सहयोगमा उक्त शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए ।

रुकेशलाई भने आज बिहान करीब ११ बजेतिर स्थानीयवासीले सोही पोखरीको पानी घटाएर खोज्ने क्रममा भेटिएको मृतकका भाउजु नाताकी कुमारी विकले बताईन् । मृतक विकास करीब चार महीनादेखि गाउँशहरस्थित मामाघरमा बस्दै आएको र दुवै घरबाट शनिबार खुदी जाने भनेर बिहान ११ बजे निस्किएको मृतकका आफन्तको भनाइ थियो ।

खुदी जाने भनेर हिँडेका दुवैकोे शव भेटिएपछि कसैले हत्या गरेर फालेको हुनुपर्ने आशङ्का मृतकका परिवारले गरेका छन् । प्रहरी निरीक्षक पाण्डेले भने, “उनीहरू घुम्ने क्रममा पोखरीमा डुबेको हुन सक्ने बताए ।

सोमबार भेटिएको विकको शवपरीक्षण लागि बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ भने आज भेटिएको शवको मुचुल्का उठाएर परीक्षणका लागि सोही अस्पतालमै ल्याइने प्रहरीले जनाएको छ ।