२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नारायणहिटी’का गाडी उपराष्ट्रपति र सेनालाई



अ+ अ-

काठमाडौं । संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणत गर्यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेका नारायणहिटी दरबारका सबै संरचना संरक्षित हुँदै राजतन्त्रको अध्ययन गर्ने थलो बने।

उचित संरक्षण गरेर संग्रहालमै राख्नुपर्ने ऐतिहासिक महत्त्व बोकेका सवारीसाधन सरकारी निर्णयबाटै नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संस्कृतिविदहरूले संग्रहालयको सम्पत्ति भोगविलास प्रयोजनका लागि उपराष्ट्रपति र सेनालाई दिने सरकारी कदमको आलोचना गरेका छन्।

राजा वीरेन्द्रले प्रयोग गर्ने बुलेटप्रुफ मर्सिडिज गाडी पाँच वर्षअघि मात्र नेपाल प्रहरीलाई दिइएको थियो। उपराष्ट्रपति, सेना र प्रहरीले लगेका बुलेट प्रुफ कारको प्रतिएकको मूल्य १६ लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने बताइएको छ। सेनाले लगेका चारमध्ये दुईवटा चालू हालतमा रहेका र दुईवटा मर्मतमा मात्रै तीन करोड रुपैयाँ खर्च गरिएको छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमल तथा राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडीमध्ये गृह मन्त्रालयले उपराष्ट्रपति पुनलाई एउटा र सेनालाई चारवटा हस्तान्तरण गरेको छ।

२०७५ असोज ७ गते उपराष्ट्रपति पुनले प्रयोग गर्दै आएका छन्। त्यसअघि पनि उपराष्ट्रपति कार्यालयले संग्रहालयका नाममा भएको अर्को बुलेटप्रुफ गाडी दिएको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।




भर्खरै