२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पत्ति विवरण नबुझाउने सांसददेखि शिक्षकसम्मलाई कारबाही हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७४/७५ को सम्पत्ति विवरण नबुझाउने १७ हजार भन्दा बढीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धानन आयोगलाई सिफारिस गरेको छ। सरकारी नियमअनुसार सम्पत्ति विवरण नबुझाउने सांसददेखि शिक्षकसम्म १७ हजार १२७ जना रहेको केन्द्रले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० मा सार्वजनिक पदधारण गरेका प्रत्येक व्यक्तिले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउनु पर्छ। त्यस्तो सम्पत्ति विवरणमा सम्पत्तिको स्रोत वा निस्सा उल्लेख हुनुपर्ने व्यवस्था छ।

नियमअनुसार सम्पत्ति विवरण नबुझाउने व्यक्तिलाई पाँच हजार वा गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुमान गरी निजमाथि अनुसन्धान गर्ने प्रावधान छ। सतर्कता केन्द्रले यही व्यवस्थाअनुसार उनीहरूलाई कारबाही गगर्न अख्तियारलाई सुझाव दिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।




भर्खरै