२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्डफ्लु प्रभावित क्षेत्रमा जान मानेनन् चिकित्सक



अ+ अ-

काठमाडौं । बर्डफ्लु संक्रमणबाट पहिलोपटक मानिसको ज्यान गएपछि स्वास्थ्यकर्मी नै प्रभावित क्षेत्रमा जान डराउन थालेका छन्।

गत १५ चैतमा बर्डफ्लुका कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु पुष्टि भएपछि सर्वसाधारणसँगै चिकित्सक पनि डराएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

कुखुरा मार्न र औषधिका लागि खटाइएका स्वास्थ्यकर्मी पनि हच्किन थालेको महाशाखा प्रमुख डा‍। विवेक लालले बताए। ‘विगतमा बर्डफ्लुका विषयमा कसैले चासो राख्दैनथे। मानिसकै मृत्यु भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष जानकारी लिनेहरू बढेका छन्।

संक्रमित क्षेत्रमा खटिन स्वाथ्यकर्मी पनि असहज मान्न थालेका छन्,’ उनले भने। नेपालमा बर्डफ्लु देखिएको १० वर्ष भएको छ । पहिलोपटक ०६५ मा झापाका कुखुरामा देखिएको थियो । सन् १९९६ मा बर्डफ्लु ९एचफाइभएनवन० भाइरस पत्ता लागेको थियो।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार यो भाइरसबाट सन् २००३ यता विश्वभर आठ सय ६० मानिस संक्रमित भएकोमा चार सय ५४ को ज्यान गएको छ। सरुवारोग विशेषज्ञ डा‍‍. शेरबहादुर पुनका अनुसार पक्षीमा मात्रै देखिने यो भाइरस वेलावेला मानिसमा सर्ने गर्छ। तर, मानिसबाट मानिसमा भने हालसम्म नसरेको चिकित्सकहरू बताउँछन् ।

महाशाखा प्रमुख डा. लालका अनुसार एचफाइभएनवान संक्रमणको रोकथामका लागि खोपको विकास भएको छ। तर, यो अझै पनि व्यापक उपयोगका लागि तयार भएको छैन । एन्टिभाइरल औषधिले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्न सक्ने खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै