२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीका विषयमा झगडा हुँदा साथीको हत्या



अ+ अ-

काठमाडौं । युवतीका विषयमा झगडा हुँदा धनकुटामा एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ मारेक माझगाँउका २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

वैशाख पूर्णीमाको अवसरमा स्थानीय साकेला थान ‘मन्दिर’मा लागेको उभौली मेलामा रातभर नाचगान र खानपिनसँगै गरेका सन्तोषलाई घनेन्द्रले चेलीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको प्रहरीले जनाएको छ । छुरी प्रहारबाट घाइते सन्तोषको आइतबार बिहान ५ बजे घटनास्थलमै मृत्यु भएको हो।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि धनकुटा अस्पताल पठाइएको छ ।,सामाचार राजधानी दैनिकले छापेको छ ।




भर्खरै