२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कप : उपाधिका लागि सिटी र वाटफोर्डबीच प्रतिस्पर्धा हुने



अ+ अ-

काठमाडौं । एफए कप फुटबलको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार राति भएको सेमिफाइनलमा वुल्भ्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै वाटफोर्डले उपाधिका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको हो । वाटफोर्डका लागि जेर्राड डेउलोफेउले दुई र ट्रोए डेनीले एक गोल गरे । यता, वुल्भ्सका म्याट डोहेर्टी र राहुल जेमिनेजले गोल फर्काएका थिए ।

निर्धारित समयसम्म दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । खेलको १०४ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई फाइनलमा पुर्‍याए ।

यसअघि ३६ औं मिनेटमा डोहेर्टीले गोल गर्दै वुल्भ्सलाई १–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १(० गोलले अघि रहेको वुल्भ्सले दोस्रो हाफमा एक गोल थप गरेको थियो । ६२ औं मिनेटमा जेमिनेजले गोल गर्दै वुल्भ्सलाई २(० गोलको अग्रता दिलाए । तर यसपछि भने वाटफोर्डले उत्कृष्ट पनरागमन गर्‍यो ।

७९ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई २–१ गोलमा ल्याएका थिए । खेलको अतरिक्त समयमा डेनीले पेनाल्टीबाट गोल गरेपछि २२ गोलको बराबरी भएको थियो ।

म्यान्चेस्टर सिटीले यसअघि नै ब्राइटनलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।