२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपकाे १ विकेट, दिल्लीसँग पराजित भयाे अभागी बैंगलाेर



अ+ अ-

काठमाडौं । लगातार २ खेल हारेर अालाेचना खेपिरहेकाे दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अभागी रोयल च्यालेन्जर्स बेंग्लोरलाई चार विकेटले पराजित गरेको छ ।

राेयल च्यालेन्जर्सकाे घरेलु मैदान बेंगलुरुमा भएको खेलमा दिल्ली विजयी भएकाे हाे । भारतीय क्रिकेट टिमका प्रतिभावान कप्तान विराट काेहलीकाे टिम बेंग्लोरले भने लगातार छैटौं हार ब्यहोरेको छ ।

१५० रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले अर्धशतकीय पारी खेले । उनले ६७ रन बनाए । उनले ५० बलमा ८ चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै, दिल्लीका लागि पृथ्वी शाले २८ रन र कोलिन इन्ग्रामले २२ रन बनाएका थिए । यसअघि दिल्लीका शिखर धवन शून्य रनमा आउट भएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

बलिङतर्फ दिल्लीका कागिसाे रबाडाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले २१ रन खर्चिएका थिए । त्यस्तै, क्रिस मोरिसले दुई तथा नेपाली बलर सन्दीप लामिछानेले ४ अाेभरमा ४६ रन खर्चेर एक विकेट लिए । उनले ३ छक्का र १ चाैका प्रहार गरी १८ बलमै ३२ रन बनाएका माेइन अलिलाइ अाउट गरेका थिए ।

जितपछि दिल्ली लिगको पाँचौ स्थानमा उक्लिएको छ । पछिल्लाे अंक तालिका ।

क्र.सं.
टिमकाे नामखेल संख्याअंक
१.चेन्नाइ सुपरकिङ्गस
२.सनराइजर्स हैदरावाद
३.काेलकाेता नाइट राइडर्स
४.मुम्बइ इन्डियन्स
५.
दिल्ली क्यापिटल्स
६.
किङ्स इलाभेन पन्जाब
७.राजस्थान राेयल्स
८.
राेयल च्यालेन्जर्स बैंगलाेर