२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलका प्रधानमन्त्री नेतान्याहु भन्छन् : पुनः निर्वाचित भए यहुदी बस्ती हटाउँछु



अ+ अ-

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले वेष्ट बैंकमा रहेको यदुही वस्तीलाई चुनावी मुद्दा बनाएर प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहुको प्रतिस्पर्धीका रुपमा सो वस्तीको पक्षमा वकालत गर्ने दक्षिण पन्थी दलका उम्मेदवार खडा हुने भएका छन् ।

पर्सि हुने चुनावका लागि उम्मेदवारी दिने तयारीमा रहेका प्रधानमन्त्री नेतान्याहुले आफू पुनः निर्वाचित भए सो वस्ती हटाउने बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।

चुनाव हुनु तीन दिनअघि इजरेली प्रधानमन्त्री नेतान्याहुको यस्तो भनाई सार्वजनिक भएको हो । सो वस्तीलाई लिएर इजरायलमा लामो समयदेखि विवाद चुलिंदै आएको छ ।

सिरियाको अधिनमा रहेको गोलान हाइटको सो क्षेत्र गत महिना मात्र अमेरिकाले इजरायलको क्षेत्रका रुपमा मान्यता दिएको थियो । इजरायलले सो क्षेत्रमा ४ लाख बढी यहुदीको वस्ती बसाएको छ । सोही क्षेत्रमा करीब २५ लाख प्यालेष्टेनी पनि बस्दै आएका छन् । प्यालेष्टेनीहरु सो क्षेत्रमा आफ्नै राज्य स्थापना गर्न चाहन्छन् ।