२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस सिरी एको उपाधि नजिक, डिबलाद्धारा सानदार खेल प्रर्दशन



अ+ अ-

काठमाडौं । युभेन्टस लगातार आठौं सिजन इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ । युभेन्टसले एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गरेसँगै उ उपाधि नजिक पुगेको हो ।

शनिबार राति भएको खेलमा युभेन्टसलाई जिताउन पाउल डिबला र मोइस किनले गोल गरे । एसी मिलानका लागि क्रिजेस्टोफ पियटकले गोल फर्काएका थिए ।

३९ औं मिनेटमा पियटकले गोल गर्दै एसी मिलानलाई १–० गोलको अग्रता दिलाएका थिए । उनकै गोलमा एसी मिलानले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा डिबलाले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।

८४ औं मिनेटमा मोइसले गोल गरेपछि युभेन्टसले २–१ गोलको अग्रता बनाएको थियो । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि युभेन्टसले जित हात पारेको हो ।

यो जितपछि युभेन्टसको ३१ खेलबाट ८४ अंक भएको छ । पराजित एसी मिलानको भने समान खेलबाट ५२ अंक छ ।