२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा, डर्टमन्ड पराजित



अ+ अ-

काठमाडौं । वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा शीर्ष स्थानको बोरुसिया डर्टमन्डलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वायर्न लिगको शीर्ष स्थानमा उक्लिएको हो । वायर्न को जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा माट हुमेल्स, सेर्गी ग्नाब्री र मार्टिनेज अग्युइनागले समान १–१ गोल गरे ।

खेलको सुरुवाती समयदेखि नै डर्टमन्डमाथि दबाब बनाएको वायर्नले पहिलो हाफमा नै चार गोल गर्न सफल भएको थियो । खेलको १०औं मिनेटमा नै हुमेल्सले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको १७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि वायर्नले दोब्बर अग्रता बनायो । यसपछि खेलको ४१औं मिनेटमा मार्टिनेज र ४३औं मिनेटमा ग्नाब्रीले गोल गर्दै पहिलो पहिलो हाफसम्म ४–० गोलको अग्रता दिलाए ।

वायर्नले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । खेलको ८९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ५–० गोलको जित दिलाएका हुन् ।

जितपछि वायर्नले २८ खेलबाट ६४ अंक बनाएको छ । पराजित डर्टमन्डको भने समान खेलबाट ६३ अंक छ ।