२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस परिवारवाद र पैसाको भरमा चलेको छ : मोदी



अ+ अ-

उडिसा । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले काँग्रेसको नाम उल्लेख नगरी भने, “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।”

काँग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताए ।

कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उनले स्मरण गरे ।

आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाई छ ।