२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभोर्स गरेपछि श्रीमतीको जिब्रो काटियो



अ+ अ-

एजेन्सी । पाकिस्तानमा एकजना पुरुषलाई आफ्नी श्रीमतीसँग डिभोर्स गरेपछि श्रीमतीको जिब्रो काटिदिएका छन् । लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले डिभोर्स गरेलगत्तै आफ्नी पूर्वपत्नीको जिब्रो काटेका हुन् ।

हाफिजाबाद जिल्लाको पिँडी भट्टिया गाँउका जहाँगिर नामका ती पुरुषले डिभोर्सपछि पूर्व पत्नीसँगको विवादमा गत शनिबार भूपू ससुरालीमा पुगे । जिब्रो काट्ने योजना बनाएर गएका ती पुरुषले पूर्व पत्नीमाथि आक्रमण गर्दै गोजीमा रहेको कैँची निकालेर पूर्व पत्नीको जिब्रो काटिदिएका हुन् ।

जहाँगिर नामका ती पुरुषले जिब्रो काटिदिएकी महिलाको नाम नसरीन हो । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो ।

ती पुरुषमाथि हत्याको कोसिस गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ । तर आरोपी भने फरार रहेका र उनको खोजी भइरहेको डेलीमेलले जनाएको छ ।