२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला : सत्तारुढ दल र विपक्षी दलले काराकसमा शक्ति प्रदर्शन गर्ने



अ+ अ-

भेनेजुएलाको सत्तारुढ दल र विपक्षी दलले शनिबार राजधानी काराकसमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरी आ–आफ्ना तर्फबाट शक्ति प्रदर्शन गर्ने भएका छन् ।

सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानीमा आफ्ना समर्थकहरुसहितको कार्यक्रमका लागि बिहीबार आह्वान गरेका हुन् ।

‘यही शनिवार अप्रिल ६ तारिखका दिन हामी सवै जना स्थानीय समय अनुसार बिहान नौ बजे राजधानीको मुख्य ठाउँमा भेला हुन लागेका छौँ,’ सत्तारुढ दलको कार्यक्रम तथा जनपरिचालन उपाध्यक्ष डारिओ भिभासले भने ।

राज्यद्वारा सञ्चालित भि टिभीलाई टेलिफोनमा उनले दिएको जानकारी अनुसार सरकार समर्थकहरुले सरकारको पक्षमा नारा लगाउँदै राष्ट्रपति कार्यालय अगाडिसम्म ¥याली निकाल्ने भएका छन् ।

भोलि नै प्रतिवन्धित विपक्षी दलले पनि देशब्यापी प्रदर्शनको आयोजना गरेको छ । सत्तारुढ दललाई सत्ताबाट हटाउनु पर्ने माग गर्दै सो पार्टीले प्रदर्शन गर्न लागेको अधिकारीहरुले बताएका छन् ।

‘अप्रिल ६ तारिखका दिन हामीले परिवर्तनको एजेण्डालाई उठाउदै देशभरी प्रदर्शनको तयारी गरेका छौँ,’ विपक्षी नेता जुआन गुएइदोले भने । गुआइदोले गत जनवरीमा आफूलाई राष्ट्रपति घोषणा गराएका थिए ।

विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुएइदोले काराकसमा संघीय संसदीय दरबार बनाउने घोषणा पनि गरेका छन् ।

‘शनिबार हामीले कडा दवाव दिने छौँ, हाम्रो प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण नै हुनेछ, रणनीतिक र व्यवस्थित तरिकाले हामीले सडकमा प्रदर्शन गर्नेछौँ,’ उनले ट्वीट गरेका छन् ।

सत्तापक्ष र विपक्ष दुवैले शनिबारको प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।